सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
मंगलबार सुन तोलामा ६ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।