चन्द्रागिरि नगरले माग्यो स्वास्थ्य सेवाका ५ जना कर्मचारी, असोज २९ गतेभित्र दरखास्त दिन सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य सेवा समुहमा पाँच जना कर्मचारी माग गरेको छ । सोमबार एक सूचना जारी गर्दै नगरले साताैं तहमा २ जना र सहायक पाँचाै तहमा ३ जना कर्मचारी माग गरेको हो ।

नगरले मेडिकल ल्याब टेक्नोलोजी सूमहमा १ जना, फार्मेसी अधिकृतमा एक जना कर्मचारी माग गरेको छ ।

यी दुवै पदको तह साताैं रहेको बताइएको छ ।
यसैगरी तह सहायक पाँचमा फार्मेसी सहायक २ जना तथा रेडियोग्राफर १ जना माग गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।

यी पदहरूमा असोज २९ गतेभित्र दरखास्त दिन सकिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *