आकाश छुने क्रममा सुनको मूल्य, आज एक तोला सुनको मूल्य १ लाख ५७ हजार ३ सय रूपैयाँ

Thankot Times

थानकोट ।

कारोबार हुने साताको दोश्रो दिन आज (सोमबार) नेपाली बजारमा बहुमुल्य धातु सुनको मूल्यले पुनः नयाँ बिन्दु  छोएको छ।

लगातार नयाँ उचाइ बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि आइतबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।

उक्त दिन सुन प्रतितोला एक लाख ५६ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला पाँच सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *