पेट्रोलको भाउ लिटरमा ४ रूपैयाँ र डिजलको भाउ लिटरमा ५ रूपैयाँले घट्यो

Thankot Times

थानकोट ।

नेपाल आयल निगमले आज १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ ।

डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

यो मूल्य तेस्रो वर्ग अन्तर्गत पर्ने पोखरा र दिपायलमा समेत लागु हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *