दोश्रो चन्द्रागिरि अन्तर वडा कपका विजेताले २ लाख २५ हजार पुरस्कार पाउने

Thankot Times

थानकोट ।

असोज १७ गतेबाट सुरु हुने दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल  प्रतियोगिताका विजेताले २ लाख २५ हजार, ट्रफी र मेडल पुरस्कार पाउने भएका छन् ।

नैकापस्थित चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिको आयोजनामा हुने प्रतियोगिता असोज २४ गते सकिने चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो ।

स्थानीय खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरका सबै वडाबाट समान १-१ टोली सहभागिता गराउन आयोजक कमिटिले अनुरोध गरेको छ ।

प्रतियोगिता अन्तर्गतका खेल नैकाप फुटबल मैदानमा सञ्चालन हुनेछन् ।

गतवर्ष सम्पन्न प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका वडा नं- ४ थानकोटले जितेको थियो ।

प्रतियोगिताको उपविजेताले १ लाख १० हजार रूपैयाँ, ट्रफी र मेडल पाउनेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ठ खेलाडी, गोलरक्षक, गोलकर्ता, प्रशिक्षकले जनही १० हजा रूपैयाँ प्राप्त गर्ने जनाइएको छ । यसैगरी प्रतियोगिताको अनुशासित टोलीले १० हजार रूपैयाँ पाउनेछ ।

प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ थानकोटलाई


Leave a Reply

Your email address will not be published. Required fields are marked *