प्रकाश राईलाई मिस्टर काठमाडाैंको उपाधि, मच्छेगाउँका समिन केसीलाई पाँचाैं स्थान

Thankot Times

थानकोट ।

पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि प्रकाश राईले जितेका छन्।

शनिबार सम्पन्न प्रतियोगिताको  पुरुष ७५ केजीमाथि तौल समूहमा पहिलो हुँदै राईले सो उपाधि हात पारेका हुन् ।
उनी फोनिक्स फिट्शालाका प्रशिक्षार्थी हुन् ।

उनले उपाधिको साथमा एक लाख ५० हजार र आफ्नो स्पर्धामा पहिलो भएबापत थप १५ हजार रुपियाँ पुरस्कार हात पारे ।

एकदिने प्रतियोगितामा २ सय ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घद्वारा आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँका समीन केसीले पाँचाै स्थान प्राप्त गरे । बी एण्ड एल फिटनेस स्टेशनका केसीले ७५ केजी ताैल समुहमा सो सफलता हात पारेका हुन् ।
केसी चन्द्रागिरि नगरपलिका वडा नं. ९ मच्छेगाउँका निर्वाचित वडा सदस्य समेत हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *