थानकोटकी एक महिला राजपथ बनाउन खटिएका ६ जना भारतीय सैनिकहरूबाट बलात्कृत भएपछि

Thankot Times

थानकोट ।

..बीचमा परेको दशैं बिदा सिध्याएर म परराष्ट्र मन्त्रालयमा हाजिर हुन गएँ ।

मैले साबिकमा कुमारमणि आचार्य दीक्षितले गरि आएको काम सबै मैले समालेँ ।

मेरो नियमित काम उद्योग-वाणिज्य, खाद्य र वन मन्त्रालय सम्बन्धि कामहरूमा काठमाडाैंस्थित दूतावासहरूसित लेखापढी गर्नु थियो । विशेषतः सचिव-मन्त्री तहबाट राजदूतहरूसित गरिने अति गोप्य लेखापढी गर्ने जिम्मेवारी पनि म मा नै थियो ।

हामी परराष्ट्र मन्त्रालय सरुवा हुँदा उक्त मन्त्रालयको स्थिति अत्यन्त दयनीय थियो ।

भारतीय दूतावासका आर.एन शुकुल र पी एन ओझा भन्ने दुई जना कर्मचारीहरू हाम्रो अफिसमा आई आफूलाई चाहिने पत्र आफैंले मस्याैदा गरी सचिवको सही गराएर लैजाने चलन थियो ।

पुराना फाइल अध्ययन गर्दा एउटा लेखापढी यस्तै पनि भेटियो । त्रिभुवन राजपथ निर्माणका सिलसिलामा आएका भारतीय फाैजी जवानहरूले थानकोटमा एउटी महिलामाथि छ जना पुरुषले बलत्कार गरी मरणासन्न अवस्थामा छोडी गएको घटनालाई लिएर काठमाडाैंमा विशाल जुलुस प्रदर्शनद्वारा दिल्लीसमेत थर्कने गरी विरोध जनाइएको थियो ।

त्यसमा उक्त दुइजना भारती दूतावासका कर्मचारी आएर ‘नेपाली आइमाई व्यभिचारिणी भएकोले मित्र राष्ट्रका भद्रभलाद्मीहरूको बेइज्जत गरेकोमा हामी माफी याचना गछाैं’ भन्ने आशयको पत्रमा तत्कालीन परराष्ट्र विषयका परामर्शदाता खड्गमान सिंहको हस्ताक्षर गराएको भेटियो ।

बाइरोड निर्माणको ७० वर्ष, थानकोट चेकपोष्टमा गाडिएको शिलालेखमा के छ ? (भिडियोसहित)

दमनराज तुलाधरको चर्चित आत्मकथा ‘दमनराज तुलाधर’ बाट साभार गरिएको प्रसङ्ग । 

२०३९ सालमा प्रकाशित यो पुस्तक प्रतिबन्ध लगाइएपछि दुर्लभ हुन पुगेको छ । १९९७ सालको प्रजापरिषद् काण्डदेखि सात सालसम्म नेपाली माटोमा भएको प्रजातान्त्रिक संघर्ष, प्रजातन्त्र स्थापनापछि नेपाली राज्यको सत्ता–अभ्यास र पञ्चायतकालमा नेपाली परराष्ट्र नीतिनिर्माण एवं कार्यान्वयनका भित्री कथा यस पुस्तकमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *