नेपाली बजारमा सुनकाे मूल्य हालसम्मकै उच्च

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।

आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो ।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *