भोटेकोशीमा खसेको गाडीबाट बेपत्ता महिलाको शव भेटियो, चालक अझै बेपत्ता

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा खसेको बोलेरो गाडीमा सवार एक महिलाको शव भेटिएको छ ।

प्रहरीका अनुसार शनिबार घटनास्थलबाट करिब १५ किलोमिटर दक्षिण त्रिपुरासुन्दरी गाउँपालिका–६ ड्यामसाईडस्थित सुनकोशी नदीको किनारमा रहेको ढुंगाको कापमा शव फेला परेको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार गाडीमा सवार सुन्तली तामाङको शव फेला परेको हो ।

उनका ससुरा धनबहादुर तामाङले शवको सनाखत गरेका हुन् ।

उक्त बोलेरोका चालक भने अझै फेला परेका छैनन् । सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोशी नदीबाट शुक्रबार क्रेनको सहयोगमा गाडी निकालिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *