बाल दिवसका दिन चेकपोष्टस्थित प्रभात माविमा रक्तदान तथा स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

Thankot Times

थानकोट ।

बाल दिवसका अवसरमा भोलि (शनिबार) चन्द्रागिरि नगरपालिका-७ चेकपोष्टस्थित प्रभात माविमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ ।

सो विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद रुपाखेतीका अनुसार लायन्स क्लब अब काठमाडाैं गुह्येश्वरी र विद्यालयको संयुक्त आयोजनामा महिलाहरूको लागि पाठेघरको मुखको क्यान्सर परीक्षण, महिलाहरूको स्तन क्यान्सर परीक्षण तथा क्यान्सर सम्बन्धी जनचेतनामूलक स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।

यस्तै बृहत रक्तदान कार्यक्रम समेत सञ्चालन हुनेछ ।

बिहान ९ः३० बजेबाट सुरु हुने कार्यक्रम दिउँसो २ बजेसम्म जारी रहने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *