सुनको मुल्यमा नयाँ कीर्तिमान

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो ।

यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो ।

त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *