मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भन्दै मिर्गौला बेच्न उक्साउने चन्द्रागिरिका एकसहित दुई जना पक्राउ

Thankot Times

थानकोट ।

मिर्गौला तस्करीमा संलग्न आरोपमा प्रहरीको मानव बेचबिखन ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ ।

२०८० चैतमा कलकत्तास्थित आमरी अस्पतालमा लगेर मिर्गौला बेच्ने समूहमा संलग्न जनकपुर घर भएका अमन शाह र चन्द्रागिरि घर भएका नारायण परियारलाई पक्राउ गरिएको ब्युरोका एसपी गौतम मिश्रले बताए ।

यसअघि ललितपुरको महालक्ष्मी नगरपालिका-८ घर भएका ३७ वर्षीय शङ्कर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान पक्राउ परेकी थिइन् ।

एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरुले पीडितलाई भारतको कलकत्तामा पुर्याएर मिर्गौला तस्करी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

मानव बेचबिखन ब्युरोका एसपी गौतम मिश्रका अनुसार उनीहरुले मिर्गौला दिँदा ‘धर्म हुन्छ’ भनेर समेत प्रलोभनमा पारेका हुन् ।

जनकपुरका अमन शाहले आफ्नी आमाको लागि मिर्गौला खरिद गरेका थिए । मिर्गौला ट्रान्सप्लान्ट गरेपछि शाहकी आमाको मृत्यु भएको बताइएको छ ।

पीडितको नागरिकता समेत नक्कली बनाएर उनीहरुले काठमाडौँबाट वीरगन्ज हुँदै सुमोमा चढाएर कलकत्तामा पुर्‍याएर तस्करी गरेको अनुसन्धानबाट खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *