नैकापस्थित सान इन्टरनेशल कलेजमा स्नातक तहमा कानुन र सिएसआइटी विषय पठनपाठन हुने

Thankot Times

थानकोट ।

नैकापस्थित सान इन्टरनेशनल कलेजले स्नातक तहमा विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिएस्सी सिएसआइटी र कानुन संकायअन्तर्गत बिए एल एल बी पढाउने स्वीकृति पाएको छ ।

कलेजले राजर्षि जनक विश्वविद्यालयबाट ती विषय अध्यापनका लागि सम्बन्धन प्राप्त गरेको हो ।

कलेजले यसवर्ष विज्ञान तथा प्रविधि संकाय अन्तर्गत बिएस्सी सिएसआइटी ४० जना र कानुन संकायअन्तर्गत बिए एल एल बी मा ४० जना विद्यार्थी पढाउने कलेजका कार्यकारी निर्देशक कर्ण बहादुर शाहीले बताउनुभयो ।

कलेजमा नेपालमै पहिलोपटक बी एस्सी बायोटेक्नोलोजी विषय पढाइ हुँदै आएको शाहीको दाबी छ । जहाँ ८ वटा ल्याब संचालनमा रहेको निर्देशक शाहीले बताउनुभयो ।

कलेजमा हाल स्नातक तहमा बीबीए, बीएससी, बायोटेक्नोलोजी,  स्नातकोत्तर तहमा एमबीएको अध्ययन अध्यापन हुने गरेको छ।

कलेजमा  कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय अन्तर्गतका विभिन्न विषयमा पठनपाठन हुँदै आएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *