दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल असोज १७ गतेबाट

Thankot Times

थानकोट ।

दोश्रो चन्द्रागिरि अन्तर वडा कप फुटबल असोज १७ गतेबाट सुरु हुने भएको छ ।

नैकापस्थित चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिता समितिको आयोजनामा हुने प्रतियोगिता असोज २४ गते सकिने चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जनले जानकारी दिनुभयो ।

स्थानीय खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले आयोजित प्रतियोगितामा चन्द्रागिरि नगरका सबै वडाबाट समान १-१ टोली सहभागिता गराउन आयोजक कमिटिले अनुरोध गरेको छ ।

प्रतियोगिता अन्तर्गतका खेल नैकाप फुटबल मैदानमा सञ्चालन हुनेछन् ।

गतवर्ष सम्पन्न प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि चन्द्रागिरि नगरपालिका वडा नं- ४ थानकोटले जितेको थियो ।

प्रथम चन्द्रागिरि अन्तर वडा कप फुटबल प्रतियोगिताको उपाधि वडा नं ४ थानकोटलाई

सूचना हेराैं 


Leave a Reply

Your email address will not be published. Required fields are marked *