ललितपुरमा १८ जना विद्यार्थी बोकेको माइक्रो बसमाथि बिजुलीको खम्बा ढल्यो

Thankot Times

थानकोट ।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि विद्यार्थी बोकेको माइक्रो बसमाथि बिजुलीको खम्बा खेसेको छ ।

फोनिक्स स्कुलका विद्यार्थी बोकेको बा. २ ख २८५० नम्बरको हाइसमाथि बिजुलीको पोल खसेको हो ।

दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

उक्त माइक्रोबसमा १८ जना विद्यार्थी सवार थिए ।

नेपाल प्रहरी र ललितपुर महानगर प्रहरीले खम्बा हटाएर सडक सुचारु गराएका छन् ।

अनलाइनखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *