३०औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबलमा रिब्स माविलाई दोश्रो स्थान

Thankot Times

थानकोट ।

३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि एलआरआई र रेडियन्ट पब्लिक स्कुलले जितेका छन् ।

एलआरआईले ब्वाइज तर्फको उपाधिमा बाजी मारेको हो भने रेडियन्ट गर्ल्स तर्फ च्याम्पियन बनेको हो ।

आयोजक ज्ञानोदय बालवाटिकाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा एलआरआईले पुष्पसदनलाई ६९-५३ ले पराजित गर्यो ।

एलआरआईको जितमा मन्दिप गुरागाईंले ३५ अंक योगदान गरेका थिए ।

दिब्यान्शा कार्कीको २५ अंक सहयोगमा गर्ल्स तर्फको उपाधि भिडन्तमा रेडियन्टले चन्द्रागिरि नगरपालिका-०५ स्थित रिब्सलाई ३८-२८ ले स्तब्ध बनायो ।

फाइनल खेलमा सर्वाधिक स्कोर गरेका मन्दिप र दिब्यान्शा आ-आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई मेजर जनरल भिक्टरशमशेर जबरा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु एल गायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

११ दिने प्रतियोगिताको ब्वाइजमा १७ तथा गर्ल्समा १५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *