आजको माैसम पूर्वानुमानः दिउँसो भारी वर्षाको सम्भावना
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रको आकाश अहिले बिहान आंशिक सफा रहेको छ ।
जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू-भागमा बिहानैदेखि वर्षा भइरहेको छ ।
देशभर आंशिकदेखि साधारणतया बदली रहँदा गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।
कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागले लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।