तीज पर्वको दिन सुनचाँदीको मूल्य बढ्यो
थानकोट।
आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार सुन तोलामा १ हजार ३ सयले बढेर एक लाख ५३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मुल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ७ सय ९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।