नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा गिरावट
थानकोट ।
कारोबार हुने साताको चाैथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।
बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि सोमबार र मंगलबार पनि सुनको मुल्य तोलाको १ लाख ५२ हजार रूपैयाँ मै कारोबार भएको थियो ।
नेपाली बजारमा आज चाँदीको मूल्य भने घटेको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १ हजार ७ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।