एनसेलको लाइसेन्स नवीकरण गर्ने सरकारको निर्णय, ब्याजसहित ४ किस्तामा रकम बुझाउने सुविधा
थानकोट ।
सरकारले निजी दूरसञ्चार प्रदायक एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने गरेको हो ।
सरकारले पाँच वर्षका लागि एनसेलको लाइसेन्स नवीकरण गरेको हो ।
एनसेलले नवीकरणबापत तिर्नुपर्ने रकम चार किस्तामा १० प्रतिशत ब्याजसहित बुझाउनुपर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
एनसेलले लाइसेन्स नवीकरण गर्दा २० अर्ब बुझाउनुपर्नेमा एकै पटक सो रकम तिर्न नसक्ने भन्दै किस्ता बन्दीमा तिर्न सुविधा मागेको थियो । एनसेलले गत जेठमै पहिलो किस्ता स्वरूप चार अर्ब बुझाएर किस्ताको सुबिधा मागेको थियो ।
एनसेलले लिएको लाइसेन्सको २० वर्षे अवधि भदौ १५ गते सकिंदै थियो ।