ग्रीस पठाइदिन्छु भनी ठगी गरेकाे आराेपमा नैकापका एक पुरुष समातिए

Thankot Times

थानकोट ।

वैदेशिक राेजगारीकाे आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेकाे अभियाेगमा नैकाप बस्ने एक युवा समातिएका छन् ।

ग्रीस लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त अनुसार प्रहरीले चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप बस्ने सूर्यबहादुर सुनुवारलाई पक्राउ गरेको हाे ।

उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडाैं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *