नैकापस्थित कंकाली माविलाई जीवन विकास पुरस्कार

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार दीगो विकासका लागि विभिन्न संस्था र व्यक्तिलाई जीवन विकास पुरस्कार, २०७७ अन्तर्गत पुरस्कार र प्रोत्साहन प्रदान गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले शैक्षिक संस्था विधातर्फ रीड नेपाल ललितपुर, शैक्षिक संस्था विधातर्फ चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापस्थित कङ्काली मावि, काठमाडौँ, शिक्षक मासिक ललितपुर र नारी विकास सङ्घ, मोरङलाई प्रोत्साहन पुरस्कार प्रदान गरेकी छन् ।

यस्तै बाल संरक्षण संस्था, सर्लाही, जनज्योति मावि कमलामाई, सिन्धुली, आदर्श मावि।, मेचीनगर, झापा, सुदर्शन सिग्देल (आजको शिक्षा साप्ताहिक) र रुवी रौनियार (नागरिक दैनिक)लाई पनि प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ ।

सामाजिक संस्थालाई रु तीन लाख, शैक्षिक संस्था विधातर्फ रु तीन लाख र पत्रकारलाई रु दुई लाख पुरस्कार प्रदान गरिएको छ । प्रोत्साहनतर्फ ती विधामा क्रमशः रु एक लाख र रु ५० हजार प्रदान गरिएको पुरस्कार निर्देशक समितिका सचिव ओम शर्मा चापागाईँले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *