नेकपा एमाले चन्द्रागिरि नगरपालिका सभादलको नेतामा नगर उपप्रमुख बसन्ती श्रेष्ठ चयन

Thankot Times

थानकोट ।

नेकपा एमालेले चन्द्रागिरि नगरपालिका सभादलको नेतामा नगर उपप्रमुख बसन्ती श्रेष्ठलाई चयन गरेको छ ।

सो पार्टीको विधानको धारा ७४ (२) मा सम्बन्धित पालिका प्रमुख/अध्यक्ष पालिका सभादलको नेता हुने व्यवस्था छ । प्रमुख/अध्यक्ष नभए वा निर्वाचित नभएको खण्डमा उपप्रमुख/उपाध्यक्ष र निज पनि नभएको खण्डमा पार्टीको तोकेको वरिष्ष्ठतम जनप्रतिनिधि सम्बन्धित पालिका सभादलको नेता हुने प्रावधान छ।

चन्द्रागिरि नगरको ७७ सदस्यीय नगरसभामा वैशाख ३० गते सम्पन्न दोश्रो स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर, वडाध्यक्ष ४ सहित २९ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

उपप्रमुखमा बसन्ती श्रेष्ठ, वडाध्यक्ष पदमा वडा नं. ६ बाट सन्जय सिग्देल, वडा नं. १० बाट शिवकुमार महर्जन, वडा नं. १२ बाट न्हुछे महर्जन र वडा नं. १४ बाट राजभाइ महर्जन विजयी हुँदा विभिन्न वडाबाट २४ जना वडा सदस्य निर्वाचित भएका छन् । चन्द्रागिरि नगरमा सो निर्वाचनमा नेकपा एमाले पार्टीले मात्र सबै १५ वटै वडामा दाबी पेश गरेको थियो ।

चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको प्रतिनिधित्व रहनेछ ।

तस्बिरः उपप्रमुख श्रेष्ठको नीजिसचिवालय 


Leave a Reply

Your email address will not be published. Required fields are marked *