चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा विद्यावारिधि पढाइ

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरसँग सीमाना जोडिएको मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङमा स्थापना गरिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले जैविक कृषि विषयको स्नातकोत्तर (मास्टर डिग्री) र विद्यावारिधि (पिएचडी) को पढाइ गरिरहेको छ ।

गत मंसिरदेखि अर्गानिक अग्रिकल्चर, फरेष्ट बायोमेटिरियल, आर्टिफिसीय ईन्टिलिजेन्स, र डेटा साइन्सको माष्टर र पिएचडीको पढाइ भइरहेको विश्वविद्यालय विकास समितिका अध्यक्ष राजेन्द्रध्वज जोशीले बताए ।

सरकारले स्वीकृति दिएको चार वर्ष नपुग्दै विश्वविद्यालयले पढाई संचालनमा ल्याएको हो ।

अहिले उक्त विश्वविद्यालयमा ३ विद्यार्थीले पिएचडी र १३ जनाले माष्टर डिग्री पढ्दैछन् । उक्त विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी चित्लाङमै कोठा लिएर बसेका छन् ।

विश्वविद्यालयका अधिकांश प्राध्यापक काठमाडौंबाट आउजाउ गर्छन् ।

उक्त विश्वविद्यालयमा पठनपाठन र अनुसन्धान गर्न गराउन विदेशबाट विशेषज्ञ प्राध्यापक समेत आउने गरेका छन् । विश्वविद्यालयले पहिलो वर्षनै ३२ जनालाई पढाउने लक्ष्य लिएको थियो । तर विद्यार्थी छनौट गर्ने क्रममा १६ जनामात्र उत्कृष्ट फेला परेकाले उनीहरुलाई पढाउन थालिएको हो ।

करिब १३ करोड लागतमा सोलारमार्फत विद्युत् उत्पादन गरिएको उक्त प्लान्टलाई ‘पम्प स्टोरेज पावर प्लान्ट’ भनिन्छ । विद्युतको सप्लाई रोकिन गएमा तत्कालै उत्पादन गर्न पम्प स्टोरेज पावर प्लान्ट निर्माण गरिएको अध्यक्ष जोशीले बताए । उनका अनुसार यो प्रविधि नेपालकै पहिलो हो ।

चित्लाङको ताकाटारमा सरकारले स्वच्छन्द भैरव माविको नाममा रहेको १ सय ८० रोपनी जग्गाको भोगाधिकार विश्वविद्यालयलाई दिइसकेको छ । अब थप ८ सय रोपनी जग्गाको भोगाधिकार उपलब्ध गराउन प्रक्रिया सुरु गरिएको अध्यक्ष जोशीले बताएको खबर प्रताप विष्टले इकान्तिपुरमा लेखेका छन् । ।

थानकोटदेखि चित्लाङसम्मको फराकिलो र कालोपत्र गर्ने काम भइरहेको छ । पर्यटकीय क्षेत्र चित्लाङमा सञ्चालनमा आएको उक्त विश्वविद्यालयले देशविदेशमा पहिचान गराउने काम भएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *