चन्द्रागिरि नगर अन्तर्गतका करिब ६ दर्जन कार्यालयमा अब नेपाल टेलिकमको इन्टरनेट

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका र सरकारी इन्टरनेट सेवा प्रदायक कम्पनी नेपाल टेलिकमबीच विभिन्न सेवा प्रवाह सम्बन्धमा दुई पक्षीय सम्झाैतामा हस्ताक्षर भएको छ ।

सम्झाैतापछि अब चन्द्रागिरि नगर अन्तर्गतका ५७ वटा भन्दा धेरै कार्यालयहरूमा अब नेपाल टेलिकमको इन्टरनेट जडान हुनेछ । 

चन्द्रागिरि नगरपालिकाले १५ वडा कार्यालय, १५ वटा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र, प्राथमिक नगर अस्पताल, २४ वटा सामुदायिक विद्यालयलाई एउटै नेटवर्क कनेक्टिभिटीमा समेट्नका लागि लागि नेपाल टेलिकमसँग अन्तर सरकारी निकाय सम्झौता जीटूजी अवधारणा अनुसार साउन २१ गते सम्झाैता गरेको हो ।

सम्झौता अनुसार नगरपालिका कार्यालय र नगरपालिका अन्तर्गतका निकायहरूमा इन्ट्रानेट लीज लाइन, ईन्टरनेट सेवा र सीसीटीभी कनेक्टिभिटी लगायत इन्टरनेट चाहिने डिभाइसहरूमा नेपाल टेलिकमले सेवा प्रदान गर्नेछ।

यसैगरी टेलिकमले नगरका २०० भन्दा धेरै सार्वजनिक स्थानमा निःशुल्क वाइ फाइ हट्स्पटको सेवा विस्तार गर्ने सो सम्झाैतामा उल्लेख भएको नगरप्रमुख घनश्याम गिरीको सचिवालयले जनाएको छ । 

सम्झौता अनुसार चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालयमा १ जीबीपीइस, वडा कार्यालयहरूमा २०० एमबीपीएस, नगर अस्पतालमा ५००  एमबीपीएस, सबै सामुदायिक विद्यालय तथा स्वास्थ्य केन्द्रहरूमा १०० एमबीपीएस र सार्वजनिक स्थलहरूमा वाईफाई हट्स्पटहरूमा १०० एमबीपीएस तिव्रताका फाइबर इन्टरनेट उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले नगरपालिकाको सूचना प्रवाहको लागि विभिन्न चोकहरुमा डिजिटल बोर्डको पनि व्यवस्थापनका लागि सहजीकरण गर्ने जनाइएको छ । 

सेवा प्रदान गर्ने सेवा प्राप्ति सम्बन्धमा चन्द्रागिरि नगर र नेपाल टेलिकमबीचको द्वीपक्षीय सम्झाैता कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी र नेपाल टेलिकमका तर्फबाट बागमती प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक रीना डंगोलले हस्ताक्षर गर्नु भएको थियो।

सो क्रममा बोल्नुहुँदै नगर प्रमुख गिरीले नगरपालिकाले प्रदान गर्ने डिजिटल सेवा तथा जि पि एस/जि आइ एस सहितको नगर प्रोफाइलका सेवाहरु अवलम्बन गर्न सो सम्झौताले पुर्वाधार र सहजीकरणको भुमिका खेल्ने धारणा राख्नुभएको बताइएको छ । सो अवसरमा नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकाले आफ्नै सर्भरको व्यवस्था गर्न लागेको हुँदा डिजिटल घर नक्शा सेवा तथा अन्य सेवाहरू सुरक्षित रहने बताउनुभयो । 

हाल चन्द्रागिरि नगर तथा मातहतका कार्यालय तथा सार्वजतिक स्थलमा नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सेवा दिइरहेको भएपनि सो सेवा भरपर्दो नभएको प्रयोगकर्ताहरूको प्रतिक्रिया रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *