त्रिवेणी घाटसहित दुई खोलामा फलामे पुल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले दुई स्थानमा फलामे पुल निर्माण गर्ने भएको छ ।
चन्द्रागिरि नगरकार्यपालिकाले चन्द्रागिरि नगरपालिका-१ दहचोक र चन्द्रागिरि-७ थानकोट चेकपोष्ट जोड्ने त्रिवेणी घाटमा तथा चन्द्रागिरि-११ सतुङ्गल र चन्द्रागिरि-१५ तीनथाना जोड्ने विष्णुदेवीमा अल्पकालका लागि पैदलयात्रीको सहजताका लागि फलामे पुल निर्माण गर्ने निर्णय गरेको हो ।
जसअनुसार त्रिवेणीघाट नजिकैको खोलामा पैदलयात्री ओहोरदोहोर गर्न फलामे पुलको निर्माण कार्य शुरु भइसकेको छ । जहाँ पक्की पुल बन्ने योजनामा रहेपनि अदालती मामिला घुसेपछि पैदलयात्रीले कष्ट व्यहोर्न थालेपछि नगरले अल्पकालीन रूपमा समस्या समाधानको उपाय स्वरुप फलामे पुल निर्माण सुरु गरेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।
जसका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको बताइएको छ ।
यसैगरी विष्णुदेवी क्षेत्रमा फलामे पुल निर्माणका लागि पनि पाँच लाख रूपैयाँ विनियोजन भएको छ ।
गत असार २३मा बसेको नगर कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।