कक्षा १२ को नतिजा प्रकाशनः काठमाडाैं शिक्षा क्याम्पसका ८२ प्रतिशत परिक्षार्थी उत्तीर्ण
थानकोट ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ ।
परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।
गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ ।
बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुतिर्ण भएका छन् ।
यसैबीच चन्द्रागिरि नगरपालिकामा सञ्चालनमा रहेको काठमाडाैं शिक्षा क्याम्पसबाट परीक्षामा सहभागी भएका ९४ जना मध्ये ८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको क्याम्पसले जनाएको छ ।
प्रकाशित नतिजा अनुसार ६ जना परीक्षार्थीहरूले ए प्लस ग्रेड ल्याएको क्याम्पसका कार्यक्रम संयोजक सुरज कुमार विष्टले जानकारी दिनुभयो ।
साे क्याम्पसकी परिक्षार्थी सुहाना गाेतामेले ३.७५ जीपीए हासिल गरेकी छिन् ।
क्याम्पसमा कम्प्युटर विज्ञान, व्यवसाय अध्ययन, शिक्षा, होटल व्यवस्थापन, अंग्रेजी, नेपाली लगायतका विषय अध्ययन अध्यापन हुँदै आएको छ ।