थानकोट चेकपोस्टमा ट्रक र कार ठाेकिएपछि सडकमा सवारीसाधनकाे चाप
थानकोट ।
त्रिभुवन राजपथ अन्तर्गत कलंकी-थानकोट सडक खण्डको चेकपोस्टनजिकै ट्रक र कार आपसमा ठाेकिएका छन् ।
दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन् ।
यद्यपि कार्यालय समय सुरु हुनै लाग्दा दुई सवारीसाधन ठाेकिएपछि सडकमा सवारीसाधनकाे लाम लागेको छ ।
गए रातिको भारी वर्षापछि नागढुङ्गा सुरुङ मार्गकाे फ्लाई ओभर निर्माणस्थलमा सडक खाडल परेपछि साे क्षेत्रमा समेत कलंकीतर्फ जाने सवारीसाधन चापमा गुडिरहेका छन् ।