पेरिस ओलम्पिकः पहिलो पदक काजकिस्तानलाई, पहिलो स्वर्ण चीनलाई
काठमाडौँ ।
शुक्रबार उद्घाटन भएको विश्वकै सबैभन्दा ठूलो खेल उत्सव पेरिस ओलम्पिक-२०२४ मा पहिलो मेडल काजकिस्तानले जितेको छ ।
काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै कास्य पदक जितेको हो ।
यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक समेत हो ।
पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक भने चीनले जितेको छ ।
चीनका १९ वर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउँदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ ।