चन्द्रागिरि नगरको मेलमिलापकर्तामा सूचिकृत हुन चाहनेहरूका लागि सुवर्ण अवसर
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले मेलमिलाप केन्द्रहरूमा रहि मेलमिलाप कार्यमा संलग्न हुन चाहनेहरूका लागि सूचीकृत हुन आह्वान गरेको छ । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिमा रहि कार्य गर्न इच्छुक व्यक्तिले सूचीकृत हुन असार ३ गतेभित्र नगरपालिकाको कार्यालयमा निवेदन पेश गर्न सक्नेछन् । स्नातक तह उत्तीर्ण गरेका नेपाली नागरिकहरूले नगरको मेलमिलापकर्ताका रूपमा सूचीकृत हुन सक्नेछन् ।
यसअघि मेलमिलापकर्ताका रूपमा कार्य गरिरहेका व्यक्तिहरूले पनि सोहि अवधिभित्र विवरण अद्यावधिक गरिसक्नु पर्ने बताइएको छ ।