काठमाडौं प्रहरी परिसरमा सबैभन्दा बढी बैकिङ कसुरका उजुरी, दोस्रोमा अभद्र व्यवहार
थानकोट ।
काठमाडौं प्रहरीमा बैंकिङ कसुरका उजुरी दुई गुणाले बढेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० बैंकिङ कसुरका उजुरी ४४६ थिए । तर, आर्थिक वर्ष २०८०/०८१ मा बैंकिङ कसुरका उजुरी ८१६ पुगेको छ ।
काठमाडौं प्रहरीका अनुसार गत आर्थिक वर्ष सबैभन्दा बढी उजुरी बैंकिङ कसुर कै थिए ।
बैंकिङ कसुरपछि दोस्रोमा अभद्र व्यवहारका उजुरी छन् ।
गत आर्थिक वर्षमा कुल ४२० अभद्र मुद्दाका उजुरी परेका छन् ।
त्यस्तै, तेस्रोमा भवितव्य घटना र साधारण चोरीका घटनाका उजुरी धेरै आएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीको भनाइ छ ।