बागमतीसहित चारवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना

Thankot Times

थानकोट ।

अहिले देशका केही भू-भागमा वर्षा भइरहेको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको हो । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

केही स्थानमा मेघगर्जन  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *