काम नै नगरी वडा अध्यक्षले दिए कार्य सम्पन्नको सिफारिस

थानकोट ।

सिरहाका एक वडा अध्यक्षले व्यवसायीसँगको मिलेमतोमा योजनाको काम समपन्न नै नगरि भुक्तानिको लागि कार्य सम्पन्नको सिफारिस गरिएको पाइएको छ।

जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सकलदेब यादबले सडक बत्ती जडान, सीसीटीभी क्यामेरा जडानको काम सम्पन्न  नै नगरी कार्य समपन्नको सिफारिस गरिएको पाइएको हो।

आर्थिक वर्ष २०८०-०८१ को वडा स्तरीय योजनालाई अन्तिम समयमा संशोधन गरेर वडा अध्यक्ष यादवले  एक सय ६० थान सडक बत्ती खरिद तथा जडान कार्यको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको थियो।

असार मसान्तमा रकम हिनामिना गर्नकै लागि थ्री ब्रदर्श धनगढिमाईसँग २० प्रतिशत कमिशनमा कोटेशनमार्फत काम गराएको एक व्यवसायीले नै बताए। यो मात्र होईन अरुपनि योजनाहरु सम्पन्न नगरी उनले कार्य सम्पन्नताको सिफारिस दिनुलेपनि वडा अध्यक्ष र व्यवसायीबीच आर्थिक सेटिङको पुष्टि हुन्छ।

वडा अध्यक्ष यादवले कमिशनकै लागि अन्तिम समयमा योजना संशोधन गरी कोटेशनमा काम गराएको वडा नमबर ४ का रविन्द्र साहले बताए। उनले भने, ‘उपभोक्ता समितिले पनि गर्न सक्ने योजनाहरुलाई कमिशनकै लागि टुक्रा टुक्रा बनाएर कोटेशनमा दिएको हो। यो समान्य मानिसले पनि त्यसै भन्न सक्छ।’

काम सम्पन्न नगरी व्यसायीसँगको मिलेमतोमा भुक्तानीको लागि कार्य सम्पन्नताको सिफारिसदिनु गैर कानुनी भएको कर्मचारीहरु बताउँछन्।

सडक मर्मत, डष्टविन गरिद, कन्टेनर ट्रलि खरिद, चापाकल टुवेल जडानजस्ता कार्यहरु कोटेशनमा लागाएको छ। कोटेशनमै लगाएका कामहरुपनि धेरै सम्पन्न भई नसक्दै उनले भुक्तानीको लागि कार्यसम्पन्नको सिफारिस गरेको बताइन्छ।

तर, वडा अध्यक्ष यादवले काम सम्पन्न भएपनि नगरले भुक्तानी नगरेको भन्दै सामाजिक सञ्जालमै दुखेसो पोखेका थिए।

उनले सामाजिक सञ्जालमा, ‘गोलबजार वडा नं ४ को २८ वटा उपभोक्ता समिति र कोटेशन मार्फत, मध्ये यस आर्थिक मसान्तमा २ वटाको रकम मात्र भुक्तानी भएको छ, अन्य १८ नम्बर, धन्यवाद छ नगर प्रमुख ज्यु र तपाई को असल प्रशंसनीय कार्य लाई।’

यता, सडक बत्तिको काम सम्पन्नताको कामको बारेमा आफूलाई कुनै जानकारी नै नआएको प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले जनाए। प्रमुख केसीले वडा अध्यक्षले असार २४ गते फायल लिएर आउनु भएको सुनेको थिएँ, तर भुक्तानीको विषयमा मैले पनि बुझ्नु पर्ने बताए।

काम सम्पन नै नगरी भुक्तानीको लागि सिफारिस गर्न मिल्छ? भनी जिज्ञासा राख्दा प्रमुख प्राशासकीय अधिकृत केसीले कार्य सम्पन्न नै नगरी कार्य सम्पन्नताको सिफारिसदिनु नै गैर कानुनी हो। वडाले सिफरिस गरेको छ भन्ने वडा अध्यक्षले कानुनको खिल्ली उडाएको हो।’

वडाले १० लाखको लागतमा १६० थान सडकवती जडान गर्ने भनी योजना विनियोजन गरिएको ४ नम्बरका वडा अध्यक्ष सकलदेव यादवले जनाएको छ। उनले, ‘काम छिटो सकाउन उपभोक्ता समिति गठन नगरेर कोटेशनमार्फत नै गराएपनि समयमा काम हुन नसकेको स्वीकार गरेका छन्। काम अहिलेपनि जारी नै छ। ठेक्केदारलाई छिटै  सकाउन भनेको छु।’

काम सम्पन्न नै नगरी रकम निकासा गरिएको बारे जिज्ञासा राख्दाँ वडा अध्यक्ष यादवले रकम निकासा नभएको दावी गरे। उनले, ‘रकम निकासा गरीएको छैन्। समयमा कार्य सम्पन्न नभएकोले कार्य सम्पन्नता सिफरिस गरी फाईल १८ नम्बरमा राखिएको उनको जिकिर छ।’

असार मसान्तमा ९० प्रतिशत कार्य सम्पन्न भैईसकेको योजनाको फाईल १८ नम्बरमा जाने गरेको जानकारहरु बताउँछन्। तर काम नै नगरेको फाईल भुक्तानीको लागी कार्य सम्पन्नताको सिफारिस गर्नु नै कानुनलाई लत्याउनु सरह भएको उनीहरुको भनाई छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *