ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

Thankot Times

थानकोट ।

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले रेग्मीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका रेग्मीलाई २०८१ को भदौ १ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो ।

रेग्मीसँग तीन दशक लामो बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *