कीर्तिपुर नगरका मेयर नकर्मीको स्वास्थ्य अवस्था जटिल
थानकोट ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ ।
कीर्तिपुर नगरपालिका उपप्रमुख तथा प्रवक्ता शुभलक्ष्मी शाक्यका नगरप्रमुख नकर्मीको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
उनका अनुसार नगरप्रमुख नकर्मीको स्वास्थ्य अवस्था जटिल छ ।
चिकित्सकहरुको भनाई अनुसार अवस्था जटिल रहेको उपप्रमुख शाक्यको भनाई छ । स्वास्थ्य अवस्था बिग्रिएपछि नगर प्रमुख नकर्मीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।
नगरप्रमुख नकर्मीले लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।
बीजनेश दर्शनबाट