सुनको मूल्य तोलामा २ हजार ४ सय रूपैयाँले घट्यो
थानकोट ।
नेपाली बजारमा कारोबार हुने साताको पाँचाै दिन बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
बिहिबार सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन हिजो बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला एक हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।