आज राष्ट्रिय झन्डा आधा झुकाइने

Thankot Times

थानकोट ।

सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार (आज) राष्ट्रिय झन्डा आधा झुकाउने भएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको थियो । 

बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

आयोगमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् ।

समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *