सहकारीहरूलाई तीन महिनाभित्र लेखापरिक्षण प्रतिवेदन बुझाउन चन्द्रागिरि नगरको निर्देशन
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले नगरको क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुलाई तीन महिना भित्र लेखापरीक्षण गराई प्रतिवेदन बुझाउन सूचित गरेको छ ।
चन्द्रागिरि नगरको आर्थिक विकास शाखाले सोमबार सूचना जारी गर्दै सहकारी ऐन, २०७४ को दफा ७५ को उपदफा १ र चन्द्रागिरि नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५४ को उपदफा १ ले सहकारी संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको तीन महिना भित्र प्रतिवेदन पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेकोले सो अवधिभित्र प्रतिवेदन पेश गर्न आग्रह गरेको हो ।
तोकिएको समयभित्र प्रतिवेदन पेश नगर्ने सहकारीलाई आर्थिक ऐन, २०८१ को अनुसूचि ११ को ख (१) बमोजिम जरिवाना गरिने चन्द्रागिरि नगरको सूचनामा उल्लेख छ ।
चन्द्रागिरि नगरमा विभिन्न प्रकृतिका १४६ वटा सहकारी नगरको नियमन क्षेत्रमा रहेको बताइएको छ ।
सूचना हेराैंः