आज साँझ ५ बजेपछि ४ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको दुईतर्फी टिकट
थानकोट ।
थानकोटस्थित चन्द्रागिरि केबलकारको प्रवर्द्धक चन्द्रागिरि हिल्सले साउन महिनाका ४ दिन केबलकारको टिकट खरिदमा छुट दिने भएको छ ।
हिल्सद्धारा जारी विज्ञप्तीमा जनाइए अनुसार साउन महिनाको हरेक सोमबार साँझ ५ बजेपछि खरिद हुने टिकटमा ५१.५१ प्रतिशत छुट उपलब्ध गराइने उल्लेख छ । अर्थात् ४ सय रूपैयाँमा चन्द्रागिरि केबलकारको दुईतर्फी टिकट उपलब्ध हुनेछ ।
यो टिकटदर नेपाली नागरिकहरूका लागि मात्र ग्राह्य हुने केबलकार प्रशासनको भनाइ छ ।
साउन महिनाको सोमबार हुने विशेष आरतीमा दर्शनार्थीहरूको सहभागिता बढाउन हिल्सले सो छुट सुविधा ल्याएको हो।
चन्द्रागिरि डाँडास्थित भालेश्वर मन्दिरमा गतवर्षबाट साउन महिनाको सोमबार विशेष आरती हुँदै आएको छ ।
हाल नेपाली नागरिकहरूले चन्द्रागिरि केबलकार चढ्न ८२५ रूपैयाँ तिर्दै आएका छन् ।
यो केबलकारको दुईतर्फी टिकट दर हो ।
विशेष आरती साँझ ६ः१५ बजेबाट सुरु हुने मन्दिरका पुजारी विदुर न्याैपानेले जानकारी दिनुभयो ।
ani adkiyera utai ratvari basnu.3-4 patak vaisakyo Chandragirko cable car adkiyeko