नैकापस्थित ब्राइट किन्डरवर्ल्डलाई दुई वटा प्रतिष्ठित अन्तरार्ष्ट्रिय अवार्ड
थानकोट ।
नैकापस्थित ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।
किन्डरवर्ल्डले पाठ्यक्रम (करिकुलम) विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रि-स्कुल इन नेपाल’ गरी दुई अवार्ड प्राप्त गरेको विद्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।
यो उपलब्धि किन्डरवर्ल्डका विद्यार्थीको लगनशीलता, अभिभावकको साथ, कर्मचारी र शिक्षकको मिहिनेतले हासिल गर्न सकिएको किन्डरवर्ल्डले जनाएको छ ।
किन्डरवर्ल्डकी निर्देशक हीरा थापाले साे अवार्ड ग्रहण गर्नुभएको ब्राइट फ्युचर माविका अध्यक्ष माेहन कुमार कार्कीले जानकारी दिनुभयो ।
Congratulations