चन्द्रागिरिमा मनसुनजन्य विपद आइलागेमा कसलाई खबर गर्ने ? यस्तो छ चन्द्रागिरि नगरको भनाई

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले मनसुनजन्य विपद व्यवस्थापनका लागि ब्यूरो गठन गरेको छ ।

नगरले सबै १५ वटै वडामा विपद् ब्यूरो गठन गरेको हो ।

चन्द्रागिरि नगर सभा सदस्यको संयोजकत्वमा गठन गरिएको सो ब्युरोले सम्बन्धित वडामा हुन सक्ने विपद् व्यवस्थापनमा सहजीकरण गर्ने बताइएको छ ।

यसैबीच चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रमा विपद् आइलागेमा आपतकालीन अवस्थामा सम्पर्क गर्न फोन नम्बर सार्वजनिक गरेको छ । नगर क्षेत्रमा विपदको अवस्था भएमा नगरका मेयर, उपमेयर, वडाध्यक्ष, विपद् ब्यूरोका संयोजक तथा स्थानीय सुरक्षा निकायका यूटिटहरूमा सम्पर्क गर्न सकिने चन्द्रागिरि नगरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *