काठमाडाैंबाट चन्द्रागिरि सरे यी दुई विद्यालय, कक्षा सुरु भएको ३ महिनापछि नगरको ३५ दिने सूचना
थानकोट ।
चालु शैक्षिक सत्रको तेस्रो महिना प्रवेश गरेको मंगलबार ८१ दिन पुगेको छ ।
विद्यालयहरूमा भर्ना अभियान सम्पन्न भइ नियमित कक्षा सुरु भएको समेत ७४ दिन कटिसकेको छ । चन्द्रागिरिमा रहेका करिब ७ दर्जन सामुदायिक, संस्थागत विद्यालयहरूले पहिलो त्रैमासको परीक्षाका लागि तालिका सार्वजनिक गरिसकेका छन् ।
चालु शैक्षिक सत्रमा चन्द्रागिरि नगरमा दुई वटा विद्यालयले अन्य स्थानीय तहबाट स्थानान्तरण भई कक्षा सञ्चालन गरिसकेका छन् ।
यसअघि काठमााडाैं महानगरपालिका-२ नक्साल गैरीधारामा रहेको सान इन्टरनेशनल माविले नैकापस्थित आफ्नै भवनबाट कक्षा सुरु गरेको ६ महिना भइसकेको छ । यसैगरी यसअघि काठमााडाैं महानगरपालिका १२ कालिमाटीमा रहेको साइनिङ पथ माविले चन्द्रागिरि नगरपालिका ५ दुरसञ्चारस्थित एक घरमा चालु शैक्षिक सत्रको सुरुबाटै कक्षा सञ्चालन गरिसकेको छ ।
चन्द्रागिरि नगरपालिकाले भने मंगलबार एक सूचना जारी गर्दै ती विद्यालय स्थानान्तरण हुँदा कुनै व्यक्ति वा संघ संस्थाले कुनै किसिमको दाबी विरोध भएमा लिखित निवदेन दिन ३५ दिने सूचना जारी गरेको छ ।