देव दर्शन साकोसको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, करिब ५ सय जनाले लिए सेवा

Thankot Times

थानकोट ।

देव दर्शन साकोसले आयोजना गरेको नि:शुल्क आँखा तथा स्वास्थ्य शिविरमा करिब ५ सय जनाले सहभागिता जनाएका छन् ।

शनिबार संस्थाको कार्यालयमा आयोजित सो शिविरमा २९५ जनाले आँखा जाँच गराएका छन् ।

१४९ जनाले मधुमेह तथा रक्तचापको जाँच गराएका छन्।

साथै ३५ जनाले नशा, हाडजोर्नी, छाला तथा यौनरोग विशेष परामर्श सेवा लिएको संस्थाले जनाएको छ ।

आँखा शिविरको क्रममा १० जनामा मोतिबिन्दुको लक्षण भेटिएको संस्थाका अध्यक्ष राम नारायण घिमिरेले जानकारी दिनुभयो । उनीहरूको निःशुल्क शल्यक्रियाका लागि देवदर्शन साकोसले नै सहजीकरण गर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।

संस्थाको १६औं स्थापना दिवसको अवसरमा देवदर्शन सहकारीले तिलगंगा आँखा अस्पताल गौशाला र मेडपोइन्ट अस्पताल सतुङ्गलको प्राविधिक सहयोगमा शनिबार सो शिविर सञ्चालन गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *