एसईई- २०८०को नतिजा सार्वजनिक, जीपीए २.८ देखि ३.२ ल्याउने परीक्षार्थी सबैभन्दा धेरै

Thankot Times

थानकोट ।

बिहीबार प्रकाशित भएको गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ मध्ये जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।

३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् ।

दुई हजार ९५० परीक्षार्थीले जीपीए २.० देखि २.४० ल्याएका छन् । ६ परीक्षार्थीले जीपीए १.६ देखि २ सम्म ल्याएका छन् ।

दुई लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

यो पटकको एसईईमा दुई लाख ३३ हजार २७० छात्र र दुई लाख ३१ हजार ५०३ छात्रा सहभागी थिए ।

एक वा दुई विषयमा नन ग्रेड ल्याएका एक लाख १५ हजार ८३४ जनाले आउँदो साउन १८ र १९ गते मौका परीक्षा दिन पाउनेछन् ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *