‘एकै प्रकृतिका दुईवटा सहकारीको सदस्यता भए एउटाको सदस्यता त्याग्नुस’-चन्द्रागिरि नगरपालिका

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले एकै स्थानीय तहमा एकै प्रकृतिका दुई वटा सहकारीको सदस्यता भए एउटाको सदस्यता त्याग गर्न नगरबासीहरूमा सूचित गरेको छ । 

सोमबार एक सूचना जारी गर्दै नगरको आर्थिक विकास शाखाले सहकारीको विभागको जेठ ३१ गतेको सूचना बमोजीम एक स्थानीय तहको समान प्रकृतिका एक भन्दा बढी संस्थाको सदस्य रहेको भए आफुले छनाैट गरेको कुनै एक मात्र सहकारी संस्थाको सदस्यता कायम राखी अन्य सहकारी संस्था वा संस्थाहरूको सदस्यता अन्त्य गर्न अनुरोध गरेको हो ।

साथै, सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यहरूलाई अवगत गराएर तदअनुसार गर्ने गराउने व्यवस्था मिलाउन सूचित गरेको हो ।

अन्यथा कानुन बमोजिम कारबाही गरिने चन्द्रागिरि नगरले जानकारी गराएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *