तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल: दुवै विधाकाे उपाधि रिब्स माविलाई
थानकोट ।
घरेलुु टाेली ब्राइट फ्युचर माविका दुवै टिमलाई स्तब्ध बनाउँदै तेस्रो प्याब्सन चन्द्रागिरि कप छात्र फुटसल प्रतियोगिताकाे उपाधि चन्द्रागिरि नगरपालिका-०५ महादेवस्थानस्थित रिब्स माविले उचालेकाे छ ।
यू-१६ अन्तर्गत फाइनल खेलमा रिब्स माविले ब्राइट फ्युचर माविलाई पराजित गर्याे ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा रिब्स १-० ले विजयी भयाे ।
पहिलो सेमिफाइनलमा सनसाइन माथि ८-० गाेलकाे सहज जित हात पार्दै रिब्स उपाधि नजिक पुगेकाे थियाे भने दाेश्राे सेमिफाइनलमा ब्राइट एन्जलस् काे चुनाैती पन्छाउँदै घरेलु टाेली ब्राइट उपाधि नजिक पुगेको थियाे ।
सेमिफाइनलमा पराजित सनसाइन र ब्राइट एन्जलस् तेस्रो स्थानका लागि भिड्दा ब्राइट एन्जलस् ले बाजी मार्याे ।
यसैगरी यू-१४ तर्फकाे उपाधिका लागि भिडेका रिब्स र ब्राइट फ्युचरबीचको खेलमा रिब्सले बाजी मार्याे । खेलमा रिब्सले ८-० गोलको एकतर्फी नतिजा निकाल्यो ।
यसअघि सेमिफाइनलमा रिब्स ए ले ब्राइट हाेराइजनमाथि ४-२ गाेलकाे नतिजा आत्मसात गर्दै उपाधि नजिक पुगेकाे थियाे भने दाेश्राे सेमिफाइनलमा ब्राइट फ्युचरले प्रतिस्पर्धात्मक खेलमा रिब्स बी टिमलाई निराश बनाउँँदै फाइनलमा रिब्ससँगकाे भेट पक्का गरेकाे थियाे ।
सेमिफाइनलमा पराजित रिब्स बी र ब्राइट हाेराइजनले तेस्रो स्थानका लागि खेल्दा साे खेलमा ब्राइट हाेराइजन विजयी भयाे ।
तेस्रो स्थान र उपाधि छिनोफानोका चार वटै खेल नैकापस्थित ब्राइट फ्युचर माविकाे एरिनामा खेलाइएको थियाे । लिग चरणका खेलहरु भने सतुङ्गलस्थित एआई स्कुल र ब्राइट कै एरिनामा खेलाइएका थिए ।
प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो स्थान प्राप्त गर्ने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र पाउँदा प्रतियोगिताको उत्कृष्ठ खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेेका छन् ।
शुक्रबारदेखि सुरु प्रतियोगितामा चन्द्रागिरि नगरका विभिन्न १९ विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पहिलो, दाेश्राे र तेस्रो हुने टाेली तथा व्यक्तिगत विधामा अब्बल घाेषित खेलाडीहरुलाई चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियाे ।