आठ देशमा राजदुत सिफारिस

थानकोट ।

सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूत सिफारिश गरेको हो ।

सरकारले पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई भारतका लागि राजदूत सिफारिस गरेको छ ।

रेग्मी यसअघि बेलायतका राजदुत पनि बनेका थिए ।

त्यस्तै अमेरिकाका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, बेलायतका लागि डा विजन पन्त, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई सिफारिस गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *