आर्थिक वर्ष २०८१/८२ का लागि चन्द्रागिरि नगरको बजेट २ अर्ब ६८ करोड

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि २ अर्ब ६८ करोड ८० लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ । 

शुक्रबार नगरप्रमुख बसन्ती श्रेष्ठले नगर सभाको चाैधाैं अधिवेशनमा चन्द्रागिरि नगरको समुन्नत भविष्यका लागि दीर्घकालीन सोंचसहित आर्थिक २०८१-८२ वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । 

नगरले आर्थिक वर्ष २०८१/८२ का लागि आन्तरिक आय तर्फ १ अर्ब ४१ करोड ५१ लाख २८ हजार पाँच सय रूपैयाँ, राजश्व बाँडफाँडतर्फ ४० करोड, अन्तर सरकारी स्रोततर्फ नेपाल सरकार वित्तीय हस्तान्तरण तर्फ ७७ करोड ९१ लाख ८३ हजार ५ सय र बागमती प्रदेश सरकार वित्तीय हस्तान्तरणबाट ९ करोड ३६ लाख ८८ हजार गरी कूल २ अर्व २६ करोड ८० लाख रूपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ। 

यस्तै, चालुतर्फ १ अर्ब २४ करोड ९५ लाख र पूँजीगत तर्फ १ अर्ब ४३ करोड ८५ लाख गरी जम्मा २ अर्ब ६८ करोड असी लाख रूपैयाँ खर्च हुने अनुमान चन्द्रागिरि नगरको छ । 

 शुक्रबार बसेको नगर सभाले नगरको आर्थिक विधेयक २०८१ माथिसमेत छलफल गरेको छ ।

सो माथि दफावार छलफल हुन बाँकी रहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *