योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरमा असार १५ गतेभित्र फाइल दर्ता गरिसक्नुपर्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र चालु आर्थिक वर्षमा सम्पादन भइसकेका र भइरहेका योजनाहरूको भुक्तानीका लागि समयसीमा तोकेको छ ।

मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमहरूको भुक्तानीका लागि आर्थिक तथा प्रशासन शाखामा भुक्तानीका लागि नगरले असार १५ गतेभित्र फाइल दर्ता गर्न सम्बन्धित सबैमा सूचित गरेको हो।

तोकिएको समयभित्र रितपूर्वक निकासा भुक्तानीको लागि कार्यालयमा पेश हुन नसकी आर्थिक प्रशासन शाखामा दर्ता नभएका कारण भुक्तानी हुन नसकेकमा सरोकारवाला सम्बन्धित व्यक्ति वा संस्था नै जिम्मेवार हुने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *