भोलि मंगलबार चन्द्रागिरि नगरका सामुदायिक विद्यालयहरूमा शोक बिदा
थानकोट ।
चन्दागिरि नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरूमा भोलि मंगलबार पठन पाठन बन्द हुने भएको छ ।
थानकोटस्थित मंगलोदय माविमा कार्यरत शिक्षक बालकृष्ण खड्काको निधन भएको शोकमा नगर क्षेत्रका विद्यालयमा मंगलबार शोक बिदा दिने निर्णय भएको बताइएको छ ।
शिक्षक खड्काको असार १ गते उपचारका क्रममा निधन भएको थियो ।
चन्द्रागिरि नगर क्षेत्रमा २४ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
फाइल फोटो